गोपनीयता नीतिPrivacy policy
छोटकरीमाIn short
- खाता खोल्नु पर्दैन। कुकी, विज्ञापन वा हजुरलाई पछ्याउने कुनै कुरा छैन।
- कुन पृष्ठ दिनमा कति पटक खुल्यो भन्ने जोड मात्र गनिन्छ। हजुर वा हजुरको उपकरणबारे केही राखिँदैन।
- गतिसँग प्रयोगकर्ताको कुनै डेटाबेस छैन। साइट स्थिर फाइल मात्र हो।
- हजुरका सेटिङ हजुरकै ब्राउजरमा रहन्छन्।
- No accounts, no cookies, no ads, and nothing that follows you from page to page.
- Page views are counted only as totals per page per day. Nothing about you or your device is kept with them.
- Gati has no database of its users. The site is static files.
- Your settings stay in your own browser.
पृष्ठको गन्ती र प्रतिक्रियाPage totals and feedback
कुन पृष्ठ साँच्चै काम लाग्छ भनेर बुझ्न गतिको आफ्नै Worker (Cloudflare मा) ले पृष्ठ कति पटक खुल्यो भनेर गन्छ। यसले गतिभित्रको पृष्ठको ठेगाना मात्र पाउँछ (जस्तै /weather/; सूचनाको पृष्ठ "सूचनाको पृष्ठ" भनेर मात्र गनिन्छ, कुन सूचना भनेर होइन), र तीन कामको नाम: जिल्ला छान्नु, सडक मार्ग जाँच्नु, गृहपृष्ठ पूरा खोल्नु। यसले हरेक पृष्ठको दिनको जोड मात्र राख्छ। IP ठेगाना, कुकी, पहिचान, ब्राउजरको नाम वा हजुर कहाँबाट आउनुभयो भन्ने केही राख्दैन, त्यसैले जोडबाट कुनै व्यक्ति चिनिँदैन। जोड Worker को /stats ठेगानामा सार्वजनिक छ।
हजुरको ब्राउजरले "Do Not Track" वा "Global Privacy Control" पठाउँछ भने गतिले हजुरको भ्रमण गन्दै गन्दैन।
पृष्ठको तल "उपयोगी", "अस्पष्ट" वा "गलत" थिच्न सकिन्छ। त्यसले पृष्ठको ठेगाना र हजुरको छनोट पठाउँछ, र हजुरले लेख्नुभयो भने मात्र छोटो टिप्पणी। टिप्पणीमा नाम, फोन नम्बर वा इमेल नलेख्नुहोस्; त्यस्तो देखिने कुरा सुरक्षित गर्नुअघि हटाइन्छ। टिप्पणी सम्पादकले मात्र पढ्छन्।
To see which pages people actually use, Gati's own Worker (on Cloudflare) counts page views. It receives only the page's address on Gati (for example /weather/; an alert page is counted as "an alert page", not which one) and, for three actions, the action's name: choosing a district, checking a road route, opening the full home page. It keeps a total per page per day. It does not keep IP addresses, cookies, identifiers, the browser's name or the page you came from, so the totals cannot be traced to a person. Totals are public at the Worker's /stats address.
If your browser sends "Do Not Track" or "Global Privacy Control", Gati does not count your visits at all.
At the foot of a page you can press Useful, Unclear or Wrong. That sends the page's address and your choice, and a short note only if you write one. Do not put a name, phone number or email in the note; anything that looks like one is removed before it is saved. Notes are read only by the maintainer.
हजुरको फोन वा कम्प्युटरमा के रहन्छWhat stays on your device
भाषा, रूप, रोजेको जिल्ला, निगरानी सूची, पढिसकेका सूचना, पात्रोको दृश्य, स्थानीय भाषा जस्ता छनोट ब्राउजरमै सुरक्षित हुन्छन्। इन्टरनेट नहुँदा काम लागोस् भनेर पेज, डेटा र हजुरले हेरिसक्नुभएको नक्साका टुक्रा पनि ब्राउजरमै राखिन्छन्। अफलाइन नक्सा हजुरले आफैँ थिचेर राखेमा मात्र डाउनलोड हुन्छ। यीमध्ये केही पनि गतिलाई पठाइँदैन। ब्राउजरको साइट डेटा मेटाएपछि सबै हट्छ।Choices such as language, theme, district, watch list, read notifications, calendar view and regional language are saved in your browser. Pages, data and map tiles you have already viewed are also kept there so they work without internet. The offline map is downloaded only if you press the button to save it. None of this is sent to Gati. Clearing site data in your browser removes it.
स्थानLocation
हजुरले स्थान माग्ने बटन थिचेपछि, र ब्राउजरले अनुमति सोधेपछि मात्र स्थान प्रयोग हुन्छ।Location is used only when you press a button that asks for it, and only after your browser asks your permission.
- जिल्ला पत्ता लगाउने, नजिकका सेवा देखाउने र नक्सामा हजुरको ठाउँ देखाउने काम ब्राउजरभित्रै हुन्छ।
- “के म प्रभावित छु?” जाँचमा हावाको गुणस्तरका लागि करिब १०० मिटरसम्म गोलाइएको स्थान Open-Meteo लाई पठाइन्छ।
- रिपोर्ट फारममा स्थान करिब ११ मिटरसम्म गोलाइन्छ, र हजुरले रिपोर्ट पठाएमा मात्र त्यसमा राखिन्छ।
- Finding your district, nearby services and your position on the map happens inside your browser.
- The “Am I affected?” check sends a location rounded to about 100 m to Open-Meteo for air quality.
- On the report form, location is rounded to about 11 m and goes into the report only if you send it.
अरू सेवासँगको सम्पर्कRequests to other services
हजुरको ब्राउजर तलका सेवासँग सिधै जोडिन्छ। जुनसुकै वेबसाइटले जस्तै तिनले हजुरको IP ठेगाना देख्छन्।Your browser contacts these services directly, so they see your IP address as any website would.
- GitHub Pages: हरेक पेज। GitHub ले साइट होस्ट गर्छ र आफ्नै सर्भर लग राख्छ।
- GitHub API: गृहपृष्ठ र नागरिक रिपोर्ट पेजमा, सार्वजनिक रिपोर्ट लिन।
- OpenStreetMap: नक्सा भएका पेजमा, हजुरले हेरेको ठाउँको नक्सा।
- Open-Meteo: मौसम, हावाको गुणस्तर र “के म प्रभावित छु?” मा, कुनै ठाउँको स्थानाङ्क।
- GDACS, EMSC, Open-Meteo Flood API, IFRC GO: “यसबीच, विश्व स्रोतबाट” (स्रोत, नदी) खोल्दा वा स्रोत पृष्ठमा मात्र। नेपालका तोकिएका ठाउँका लागि सामान्य वेब अनुरोध; हजुर वा हजुरको स्थानबारे केही पनि होइन।
- गतिको Worker (Cloudflare): “सोध्नुहोस्” मा प्रश्न पठाउँदा, वा खाता बिना रिपोर्ट पठाउँदा मात्र।
- GitHub Pages: every page. GitHub hosts the site and keeps its own server logs.
- GitHub API: home and citizen reports pages, to fetch public reports.
- OpenStreetMap: pages with a map, for the area you view.
- Open-Meteo: weather, air quality and “Am I affected?”, with the coordinates of a place.
- GDACS, EMSC, Open-Meteo Flood API, IFRC GO: only when you open “Meanwhile, from global sources” (Sources, Rivers) or the Sources page. A standard web request for fixed places in Nepal; nothing about you or your location.
- Gati's Worker (Cloudflare): only when you send a question in Ask, or send a report without an account.
फन्ट र नक्साको कोड यही साइटबाट आउँछन्, तेस्रो पक्षबाट होइन।Fonts and map code are served from this site, not from a third party.
सोध्नुहोस् (Ask Gati)Ask Gati
हजुरले पठाएको प्रश्न Cloudflare मा चल्ने सानो Worker मा जान्छ। त्यसले प्रश्नलाई गतिका सार्वजनिक सूचनासँगै Anthropic को API मा पठाएर स्रोतसहितको उत्तर बनाउँछ। Worker ले प्रश्न सुरक्षित राख्दैन। दुरुपयोग रोक्न IP ठेगानाका आधारमा छोटो गन्ती राख्छ, जुन करिब एक दिनभित्र मेटिन्छ। प्रश्नमा व्यक्तिगत विवरण नलेख्नुहोस्।A question you send goes to a small Worker on Cloudflare, which passes it with Gati's public alert data to Anthropic's API to write an answer with sources. The Worker does not store questions. It keeps short counters by IP address to limit abuse; they expire within about a day. Do not put personal details in a question.
नागरिक रिपोर्टCitizen reports
रिपोर्ट पठाउने दुई तरिका छन्। दुवैमा रिपोर्ट सार्वजनिक GitHub Issue बन्छ।There are two ways to send a report. Both create a public GitHub issue.
- GitHub खाताबाट: हजुरको GitHub नाम, विवरण, स्थान र हजुरले राखेका तस्विर सबैले देख्छन्।
- खाता बिना (यो सुविधा खुला भएको बेला मात्र): नाम वा सम्पर्क लिइँदैन। विवरणमा लेखिएका फोन नम्बर, इमेल र लिङ्क हटाइन्छन्। IP ठेगाना दुरुपयोग रोक्ने छोटो गन्तीका लागि मात्र प्रयोग हुन्छ; रिपोर्टसँग राखिँदैन र GitHub लाई पठाइँदैन।
- खाता बिना पठाएको तस्विर सार्वजनिक हुँदैन। तस्विरभित्रका लुकेका विवरण (जस्तै GPS स्थान) हटाइन्छन्, मोडेरेटरले मात्र हेर्छन्, र ३० दिनपछि मेटिन्छ।
- फारमले फोन नम्बर वा इमेल सोध्दैन।
- आफ्नो रिपोर्ट वा कुनै विवरण हटाउन त्यही Issue मा लेख्नुहोस् वा व्यवस्थापकलाई इमेल गर्नुहोस्।
- With a GitHub account: your GitHub username, the text, the location and any photos you attach are public.
- Without an account (only when this option is switched on): no name or contact is taken. Phone numbers, emails and links in the text are removed. Your IP address is used only for short abuse counters; it is not stored with the report or sent to GitHub.
- A photo sent without an account is not published. Hidden details inside it (such as GPS position) are removed, only moderators see it, and it is deleted after 30 days.
- The form does not ask for a phone number or email.
- To have a report or a detail removed, comment on the issue or email the maintainer.
टेलिग्राम, भाइबर, ह्वाट्सएप र SMSTelegram, Viber, WhatsApp and SMS
हजुरले गतिको टेलिग्राम वा भाइबर च्यानल पछ्याउनुभयो भने त्यो कुरा त्यही सेवालाई थाहा हुन्छ; गतिले पछ्याउनेको विवरण पाउँदैन। ह्वाट्सएप र SMS सूचना, चालु भएको बेला, आफैँले मागेका नम्बरमा मात्र जान्छन्। नम्बरको सूची निजी रूपमा राखिन्छ र भनेपछि तुरुन्त हटाइन्छ।If you follow Gati's Telegram or Viber channel, that service knows you follow it; Gati does not receive followers' details. WhatsApp and SMS alerts, where switched on, go only to numbers whose owners asked for them. The list is kept privately and a number is removed on request.
पुस नोटिफिकेसनPush notifications
जिल्लाअनुसारको ब्राउजर पुस बनिसकेको छ तर चालु गरिएको छैन। अहिले कुनै सर्भरमा केही पठाइँदैन। चालु गर्नुअघि यो नीति अद्यावधिक गरिनेछ।Browser push by district is built but not switched on. Nothing is sent to any server today. This policy will be updated before it is enabled.
Chrome एक्स्टेन्सनChrome extension
गतिको Chrome एक्स्टेन्सनले गतिको साइटबाट दुई सार्वजनिक फाइल (सूचना र DHM मौसम चेतावनी) मात्र पढ्छ। हजुरले छानेको जिल्ला, भाषा र देखाइसकिएका सूचनाको सूची हजुरकै ब्राउजरमा रहन्छ; कतै पठाइँदैन। खाता, विश्लेषण, विज्ञापन वा ट्र्याकिङ छैन, र हजुरले खोलेका अरू वेबसाइट यसले पढ्दैन। नोटिफिकेसन सुरुमा बन्द हुन्छ; हजुरले खोलेपछि मात्र देखिन्छ।The Gati Chrome extension reads only two public files from the Gati site (alerts and DHM's weather warning). The district and language you choose, and the list of alerts already shown, stay in your own browser and are not sent anywhere. There is no account, analytics, advertising or tracking, and it does not read the other websites you visit. Notifications are off until you turn them on.
बालबालिका, डेटा बिक्री र कानुनChildren, sale of data and law
गतिले कसैको डेटा जानीजानी सङ्कलन गर्दैन, केही बेच्दैन, र कसैको प्रोफाइल बनाउँदैन। गति नेपालमा एक व्यक्तिले चलाएको स्वतन्त्र नागरिक परियोजना हो, र वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ पालना गर्ने प्रयास गर्छ: सकेसम्म कम लिने, के हुन्छ भनेर प्रस्ट भन्ने, र मागेपछि मेट्ने।Gati does not knowingly collect anyone's data, sells nothing and does no profiling. It is an independent citizen project run by an individual in Nepal and aims to follow Nepal's Individual Privacy Act 2075 (2018): collect the minimum, say what happens, delete on request.
अरू नीतिOther policies
- आचारसंहिता: सहभागी सबैसँग आदरपूर्ण व्यवहार।
- सुरक्षा नीति: सुरक्षा समस्या निजी रूपमा कसरी खबर गर्ने।
- योगदान गर्ने तरिका: सच्याउने, अनुवाद गर्ने वा कोड थप्ने।
- कोडको इजाजतपत्र (MIT) र सामग्रीको इजाजतपत्र (CC BY 4.0)।
- यही नीति GitHub मा।
- Code of conduct: respectful behaviour for everyone taking part.
- Security policy: how to report a security problem privately.
- Contributing: corrections, translations and code.
- Code licence (MIT) and content licence (CC BY 4.0).
- This policy on GitHub.
सम्पर्कContact
गोपनीयताबारे प्रश्न वा हटाउने अनुरोध: सम्पर्क पेजमा रहेको व्यवस्थापकको इमेल।Privacy questions and removal requests: the maintainer email on the contact page.